images

डीआईजी सिंहद्वारा राजीनामा

काठमाडौं। नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा दिएका छन् । डीआईजी सिंहले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् ।

डीआईजी सिंहले उमेर विवादका कारण राजीनामा दिएका हुन् ।

सिंहले पेश गरेको २२ जेठ २०४२ मा जारी नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा उनको उमेर १८ वर्ष उल्लेख छ । जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । प्रहरी प्रधान कार्यालयको विवरणमा उनको नागरिकता अनुसार उनको जन्ममिति २२ जेठ २०२४ हुने उल्लेख छ ।

सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको प्रतिस्पर्धामा थिए ।