images

हिमाल अस्पतालमा पीडित पक्षको धर्ना, आकस्मिक बाहेकका सबै सेवा प्रभावित

काठमाडौं । काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालको आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएको छ ।

बालिका प्रशंशा गौतमको न्यायका लागि भन्दै पीडित पक्षले बुधबार अस्पताल भित्रै चर्का नाराबाजीसहित धनाई दिएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा प्रभावित भएको हो ।

मोरङका गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंशाको उपचारको क्रममा चिकित्सकले लापरबाही गरेका कारण ज्यान गएको आरोप लागाउदै आएका छन् ।

आज पीडित पक्षले अस्पताल व्यवस्थापनसँग उचित क्षतिपूर्तिको माग गर्दै धर्ना दिईरहेका छन । धर्ना कर्ताहरुले ‘मान्छे मार्न पाईदैन्’ ‘ज्यानमारा चिकित्सक चाहिँदैन्’ भन्नेजस्ता चर्का नाराबाजी लगाउँदै अस्पतालको मुख्यगेटमा समेत ताला लगाईदिएका छन ।

पीडित पक्षले अस्पताल व्यवस्थापनले तत्काल आफूहरुको माग सम्बोधन नगरे अस्पतालमा तोडफोडसमेत गर्न बाध्य हुने चेतावनी दिएका छन ।

गत माघ २३ गते सामान्य रुघाखोकी र ज्वरो आएकी बालिका प्रशंशालाई उनका बुबा गंगा गौतमले उपचारका लागि सो अस्पताल पु¥याएका थिए । पीडित गौतमले चिकित्सक यादवको लाईसेन्स खारेज गर्न र आफूहरुलाई उचित क्षतिपूति दिलाउन माग गरेका छन् ।

प्रशंशाको १३ औं पुण्यतिथि सकिएपछि पीडित पक्षले अस्पताल परिसरमै धर्ना दिन सुरु गरेका हुन । पीडित पक्षले न्यायका लागि अदालत पनि जान बाध्य हुने बताएका छन् ।