images

ग्लोबल आईएमई बैंकको ९ लाख रुपैयाँ लुटियो

काठमाडौं । सिरहामा ग्लोबल आईएमई बैंकको ९ लाख रुपैयाँ लुटिएको छ ।

बुधबार दिउँसो  मिर्चैयाको ग्लोबल आईएमई बैंकबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट ९ लाख रकम लुटिएको सिरहाका प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

मोटरसाइकलमा रकम लिएर कल्‍याणपुर जाँदै गर्दा मिर्चैयाको बसहा पुलमा ४ जनाको अज्ञात समूहले रकम लुटेको प्रहरीले जनाएको छ ।

लुटेराहरुको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।