images
images

राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने बिषयमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफल गर्न सोमबार बैठक बस्न लागेको रास्वले जनाएको छ । राष्ट्रपति निर्वाचन र पार्टीको आगामी योजनाबारे छलफल गर्न सोमबार बैठक बस्न लागेको हो ।

राष्ट्रपतिका लागी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले शनिबार नै रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। तर लामिछानेले पार्टीमा छलफल गरेर यसबारे आवश्यक निर्णय लिने बताएका थिए।

रास्वपाले अहिलेसम्म कसलाई समर्थन गर्ने भनेर निर्णय गरेको छैन् ।

रास्वपालाई कांग्रेस, माओवादीसहित ८ दलको बैठकमा नबोलाइएकाले उसले एमालेलाई समर्थन गर्नसक्ने रास्वपाका एक नेताले बताए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS