images
images

काठमाडौं उपत्यकामा आज हिउँदे वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा आज (आइतबार) यसपालिको पहिलो हिउँद वर्षा भएको छ। काठमाडौं उपत्यकामा आज अपराह्न वर्षा भएको हो।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको उपत्यकामा यतिखेर वर्षासँगै चट्याङ परेको छ। महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको जनाएको छ।

पोखरा, लमजुङ, गोरखालगायत क्षेत्र हल्का वर्षा भएको छ।

पोखरा, लमजुङ, गोरखालगायत क्षेत्र हल्का वर्षा भएको छ। प्रि-मनसुनको अवधि सुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सजगता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यस्तै, मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि (सोमबार) देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

देशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS