images

७० प्रतिशत लागू भएपछि ट्रायल पास हुने २० प्रतिशतसम्म बढे

काठमाडौं । चालक अनुमतिपत्र लाइसेन्सका लागि लिइने प्रयोगात्मक परीक्षा ट्रायलमा पास हुनेको संख्या बृद्धि भएको छ ।

७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै पास हुनेको संख्या झण्ड २० प्रतिशतले बढेको हो ।

बाग्मती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाण्डौ उपत्यकाका चार वटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू गराएका हुन ।

नियम लागू भएपछि दुई पाङ्ग्रे सवारी साधनमा २० प्रतिशतसम्म र चार पाङ्ग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको यातायात व्यवस्था कार्यलयले जनाएको छ ।

लिखित परीक्षा पास गरेका सेवाग्राहीले एक पटक प्रयोगात्मक परीक्षा पास नहुँदा पुनः दुई पटक मौका पाउने गरेका छन् । एकै पटकमा धेरै पास भएपछि दोर्होयाएर र तेर्हेयाएर दिने घटेको कार्यलयले जनाएको छ ।

विगतमा शतप्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुई पाङ्ग्रे सवारी साधनमा ३५ देखि ४० प्रतिशत हाराहारीमा मात्र पास हुने गरेकामा अहिले ६० प्रतिशत पुगेको पाइन्छ ।

हलुका सवारी चालकको परीक्षामा सहभागीमध्ये पहिले २० प्रतिशत मात्र पास हुने गरेकामा अहिले ३५ देखि ४० प्रतिशतसम्म पुगेको कार्यालयले जनाएको छ ।

प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा नै पास हुने नियम अरू प्रदेशले विगतका वर्षमा नै लागू गरिसकेका छन् ।