images

एक वर्षमा जेलमुक्त भए पल शाह, स्वागत गर्नेको भिड

काठमाडौ । तनहुँको दमौलीस्थित जिल्ला कारागारमा एक वर्षदेखि जेल जीवन विताइरहेका अभिनेता पल शाह रिहा भएका छन् ।

आइतबार उच्च अदालत पोखराले शाहविरुद्ध नाबालिग बलात्कार अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दिएपछि उनी सोमबार सम्पूर्ण प्रक्रिया पूरा गरेर कारागारबाट रिहा भएका हुन् । उनलाई साथीभाई तथा आफन्तले फूलमाला, खादा, अविर लगाएर स्वागत गरेका छन् ।

बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको १५ फागुनमा (आजकै दिन) जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।

पलको स्वागतका लागि तनहुँ कारागारबाहिर समर्थकको भीड लागेको थियो । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो ।

बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो । तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो । एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।

प्रहरीमा बलात्कारको उजुरी दिएकी जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् ।