images

आज दिउँसो काठमाडौं उपत्यकामा पानी पर्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । साथै प्रि-मनसुन सुरु हुनुभन्दा अगाडिको गतिविधि सक्रिय छ ।

पहाडी भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना छ ।

काठमाडौं र आसपासका जिल्लाहरुमा आइतबार बेलुकादेखि रोकिएको वर्षा आज दिउँसो पुनः सुरु हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेकाले आवश्यक सतर्कता अपनाउन र मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

हिजो पानी परेपछि काठमाडौं उपत्यकामा आज  चिसो बढेको छ ।