images
images

खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सह्य हुँदैन : मन्त्री खान

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

सोमबार नेपाल खानेपानी संस्थानको ३४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिएका हुन्।

उनले खानेपानी संस्थान आम सर्वसाधारणहरुलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने बताए। उनले खानेपानी संस्थानमा बसेर पार्टी र व्यक्तिको लागि राजनीति आफ्नो कार्यकालमा नगर्न चेतावनी दिए।

उनले पार्टीमा राजनीति गर्न मन लागेको भए फिल्डमै गएर राजनीति गर्न र अरु पार्टीले स्थान नदिए आफ्नो पार्टीमा राम्रो स्थान दिने बताए। उनले कर्मचारीहरुले खानेपानीको सुधार र खानेपानी आम सर्वसाधारणको घरमा पुर्‍याउनका लागि आन्दोलन गर्नुपर्ने बताए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS