images
images

फेरि विश्वकै धनी व्यक्ति बने एलन मस्क

एजेन्सी । एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्।

ब्लूमबर्गको तथ्याङ्क अनुसार दोस्रो नम्बरमा झरेका मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन्।

सिएनएनका अनुसार गत वर्षको डिसेम्बरमा फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटनका सीईओ बर्नार्ड अर्नाल्टले टेस्लाका सीईओ मस्कलाई शीर्ष स्थानबाट हटाएर दुई महिनाभन्दा बढी समयदेखि सूचीमा पहिलो नम्बरमा रहदै आएका थिए।

सोमबार टेस्ला स्टकमा बढोत्तरी भएसँगै मस्कलाई विश्वका धनी व्यक्तिको सूचीमा शीर्षमा फर्काएको हो।

मस्कको कुल सम्पत्ति सोमबार लगभग १८७.१ बिलियन पुगेको छ। जब अर्नाल्टको सम्पत्ति १८५.३ बिलियन रहेको छ।

मस्कले ट्विटर किनेपछि प्रविधिमा फराकिलो बजार मन्दीको बीचमा गत वर्ष टेस्लाको स्टकमा तीव्र रूपमा गिरावट आएको थियो। इलेक्ट्रिक वाहन निर्माता टेस्लाको शेयर २०२३ सुरु भएदेखि भने बढेको छ।

गत वर्षको अन्त्यमा मस्क २०० बिलियन डलरको सम्पत्ति गुमाउने पहिलो व्यक्ति बनेका थिए। उनको कुल सम्पत्ति नोभेम्बर २०२१ मा करिब ३४० बिलियन डलरबाट डिसेम्बर २०२२ मा १३७ बिलियनमा झरेको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS