images
images

एन्फा बैठकमा विवाद, अध्यक्षले पेलेर बैठक चलाएको असन्तुष्ट पक्षको आरोप

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा जारी केन्द्रीय कार्यसमितिको बैठकमा पदाधिकारीबीच विवादको भएको छ।

एन्फाले १९ वटा एजेण्डा राख्दै कार्यसमिति बैठक बोलाएको थियो । त्यसमा पछि बहुमत केन्द्रीय सदस्यहरुले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीको माग गर्दै ६ एजेन्डा थप गर्न माग गरेका थिए। बैठकअघि १० सदस्यहरुले एजेन्डा थप गर्न माग गरेका थिए।

तर एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले एजेन्डा थप गर्न नमानेपछि बैठकमै हात हालाहालको अवस्था सिर्जना भएको हो।

उनीहरुले अध्यक्षले पेलेर बैठक चलाएको भन्दै उपस्थितिमा हस्ताक्षर गरेका छैनन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS