images

देशभर प्रि–मनसुन सुरु, हिउँदमा १४ वर्षयताकै कम वर्षा

काठमाडौं । हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हिउँदयाम सकिएर मार्च १ देखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ । प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरु हुने उनले बताइन् ।

प्रि–मनसुनको समयमा मेघगर्जन र चट्यांकका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसम विभागले जनाएको छ । यस मौसमी प्रणालीका समयमा स्थानीय वायुको प्रभाव धेरै हुने गरेको बताइएको छ ।

यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।