images

दुबई गए क्रिकेटर लामिछाने, लिग टु खेल्ने

काठमाडौं । सर्वोच्च अदालतले विदेश जान अनुमति दिएसंगै सन्दीप लामिछाने संयुक्त अरब इमिरेट्सको दुबई गएका छन् ।

लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न बुधबार दिउँसो ३ बजे दुबई गएका हुन् ।

उनले अब नेपाली टिममा श्याम ढकाल  (मौसम) को ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको बताएको छ । नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले स्वीकृति दिएपछि सन्दीप दुबई गएको क्यानले जानकारी दिएको छ ।