images

विश्वकप लिग टु मा आज नेपाल र पपुवान्युगिनी भिड्ने

काठमाडौं । युएईमा जारी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज पपुवान्युगिनीसँग खेल्दैछ ।

 नेपालले पहिलो खेलमा पपुवान्युगिनीलाई पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।

नेपाल र पिएनजीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार आज बिहान ११ ः ४५ मा सुरु हुँदैछ। २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो।

नेपाल ३० खेलमा १३ जित र १५ हारसहित छैटौँ स्थानमा छ ।