images
images

माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको छैन् : महरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा नपरेको बताएका छन्।

उनले माओवादी संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताएका हुन्।

उदयपुरको कटारीमा आजदेखि सुरू भएको एकीकृत अखिल नेपाल शिक्षक संगठन, कोशी प्रदेशको दोस्रो सम्मेलनका क्रममा यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष महराले आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपतिमा जित्ने बताए। 

‘राष्ट्रपतिको दायित्व नै संविधान तथा गणतन्त्रको रक्षा एवं शान्ति प्रक्रियाको काम पुरा गर्नु भएकाले हामीले यो समीकरण बनाएका हौं,’ उनले भने।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS