images

छतबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

काठमाडौं । ६ तलामाथिबाट खसेर एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ ।

उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ हुन् ।

एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार त्यहाँबाट उपाध्यायलाई अन्नपूर्ण अस्पताल लगिएको थियो ।