images

पूर्व माओवादी एकठाउँमा आउनुपर्नेमा प्रचण्डको जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब र घेराबन्दीविरुद्ध लडिरहेको बताएका छन्।

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा प्रचण्डले पूर्व माओवादी एकठाउँमा आउनुपर्नेमा जोड दिएका छन्।

तैंले मैले नभनी फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भन्ने महसुस गर्ने हो भने एकतालाई कसैले रोक्न नसक्ने उनले बताए।

प्रचण्डले अघि भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय दबाव र घेराबन्दीविरुद्ध लडिरहेको छु। अरु पनि लडिरहनुभएको छ। हामी एकठाउँमा केन्द्रित भयौं भने अजय हुन्छौं।’