images

कक्षा ११ र १२ को परीक्षा वैशाख २६ गते देखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ।

जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ। वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ।