images
images

रास्वपाले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ।

राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले बिहीबार बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने पार्टीका उपसभापति डोलप्रसाद अर्यालले बताए।

राष्ट्रपतिको निर्वाचनको मतदान बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म तय भएको छ। राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ उम्मेदवार छन्।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS