images

सातदोबाटोको दोस्रो जित, एपीएफको पहिलो हार

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग अन्र्तगतको आजको अर्को खेलमा सातदोबाटो युथ क्लबले लगातार दोस्रो जित निकालेको छ ।

च्यासल मैदानमा बुधबार विभागीय टोली एपीएफ क्लबलाई १-० गोल अन्तरले हराउँदै सातदोबाटोले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । जितसँगै सातदोबाटोले २ खेलमा ६ अंक जोडेको छ ।

सातदोबाटोको जितमा विलियम एसिडुले निर्णायक गोल गरे । तर, सातदोबाटोले जित निकाल्न दोस्रो हाफसम्म कुर्नु परेको थियो ।

खेलको ५५ औं मिनेटमा विलियमले गोल गरेका थिए ।

सातदोबाटोले पहिलो खेलमा एनआरटीलाई हराएको थियो ।

एपीएफको यो पहिलो हार हो । पहिलो खेलमा एपीएफले थ्री स्टारलाई हराएको थियो ।