images

मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु

काठमाडौं । हेटौंडामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका-१७ हटियाको कठायत चोकमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो। दुर्घटनामा थप दुईजना घाइते भएका छन्।

हेटौंडाबाट ठूलदमार जाँदै गरेको बा६४प ६६६४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा प्र ०३(०५ प ७११ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक हेटौंडा-१८ भालुखोलाका १८ वर्षीय अर्जुन भोम्जन र स्कुटर चालक नुवाकोट ककनी नगरपालिका-४ की २८ वर्षीया जीना लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार हेटौंडा १८ रामधुनीका १६ वर्षीय सुजन घलान र बागमती गाउँपालिका–८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगर घाइते भएका छ्न्।