images

राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति चुनावमा मतदान नगर्ने निर्णय गरेको छ

बुधबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले चुनावमा तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पार्टीले संवैधानिक राजसंस्थाको मुद्दा उठाएकाले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने उनीहरुको तर्क थियो ।

अध्यक्ष लिङ्देनले राष्ट्रपतिका दुवै उम्मेदवार राजनीतिक ब्याक राउण्डका भएकाले कसैलाई पनि सहयोग नगर्ने निर्णयमा पुगेको बताए । उनले यसअघि पनि राजनीतिक ब्याक राउण्डका नेता राष्ट्रपति हुँदा विवादमा आएको उनको दाबी थियो ।

राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभा सदस्य छन् ।

राष्ट्रपति निर्वाचन भोलि हुँदैछ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।