images

श्री एअरलाइन्सको सबै उडान बन्द

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट श्री एअरलाइन्सको जहाज उडानमा रोक लगाएको छ ।

जहाजको इञ्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले एअरलाइन्सलाई जहाजको इञ्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो । प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुशार विगतमा श्री एअरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको छ ।

प्राधिकरणको यो निर्णयपछि श्री एअरलाइन्सका जहाजले कुनै पनि उडान भर्न पाएका छैनन् ।

बिहीबार बिहान काठमाडौंबाट भैरहवा गइरहेको जहाजको एउटा इन्जिन फेल भएको र आगो समेत देखिएपछि धादिङबाट फर्काएर काठमाडौंमै आकस्मिक अवतरण गराइएको थियो । कम्पनीले भने यो घटनालाई सामान्य घटना भनेको छ ।