images
images

 ओलीको आरोप : माधव नेपालले राजनीतिमा बेईमानी गरे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर लागि परेको आरोप लगाउनु भएको छ ।

विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीहरुको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरुलाई चोइटो बुझाएको अध्यक्ष ओलीको जिकीर थियो ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रिय कमिटीको सपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष ओलीले राजनीतिमा इमान्दार प्रयास नगरेका कारण माधव नेपालहरुले सफलता हासिल गर्न नसकेको तर्क समेत गरे ।

अध्यक्ष ओलीले दुई तिहाई पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरुले राजनीतिमा बेईमानी गरेको बताए ।

खेलाडीहरुलाई पनि फल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न पनि आग्रह गरे । निरन्तरको इमान्दार प्रयासबाट मात्रै खेलाडीहरुले पनि सफलता हासिल गर्न सक्ने उल्लेख गर्दै उनले सोही अनुसारको अघि बढन खेलाडीहरुको ध्यानाकर्षण गराए ।

अध्यक्ष ओलीले एम्बाब्बे, मेसीजस्ता खेलाडीहरु नेपालमा पनि हुने सक्ने भन्दै त्यसका लागि ध्यान दिन पनि नेपाल खेलकुद महासंघलाई सचेत गराए । उनले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा हिँडाउने काममा महासंघ सफल हुने विश्वास समेत व्यक्त गरे ।

 

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS