images

उदयपुरमा आगलागीमा परि एकै घरका दुई बालबालिको मृत्यु

काठमाण्डौ । उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर–८ मा आगलागीमा परि एकै घरका दुई बालबालिकाको ज्यान गएको छ ।

शुक्रबार साँझ बिजुली सर्ट भएर रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उहाँकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय रोजनको ज्यान गएको हो ।

घरमा रहेका जस्मिन र रोजनको जलेर ज्यान गएको वडासदस्य रुद्रबहादुर लुङ्गेली मगरले जानकारि दिए ।

आगलागीबाट घर तथा लत्ताकपडा गरी १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो हिजो बेलुका नै निभाइएको प्रहरीले जनाएको छ ।