images

मौसम : काठमाडौं उपत्यका लगाएत वाग्मती र कोशी प्रदेशमा पानी पर्दै

काठमाण्डौं । पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले अहिले केही ठाउँमा मेघ गर्जनसहित पानी परिरहेको छ ।

अहिले काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागको केही क्षेत्रमा पानी परिरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि मध्ययम खालको हिमपात भैरहेको छ । आज राति पनि देशका पहाडी र हिमाली क्षेत्रमा मौसम बदली भएर केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले विकसित प्रणालीका कारण आज मध्यपहाड र त्यो भन्दा उत्तरतर्फ असिनापानी, हावाहुरी र चट्याङ र हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

यो प्रणाली भोलिसम्म पूर्वी र सोमबारसम्म पश्चिमी क्षेत्रमा फैलने जनाइएको छ ।