images
images

स्ववियु निर्वाचनः एमाले अखिल विरुद्ध तीन विद्यार्थी संगठनको तालमेल

काठमाडौँ । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन विद्यार्थी सङ्गठनहरुले तामलेल गरेका छन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा चैत ५ मा स्ववियुको निर्वाचन हुँदैछ । स्ववियु निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले नेकपा एमालेको अनेरास्ववियुविरुद्ध मोर्चा कसेका हुन्।

यी संगठनले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी तालमेल गरेको जनाएका छन्। उपत्यका ठूला क्याम्पसहरुमा नेविसंघ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल गर्ने सहमति भएको छ।

अखिल (क्रान्तिकारी) का महासचिव दिपेश पुनले स्ववियु निर्वाचनमा तीन विद्यार्थी सङ्गठनबीच उपत्यकाका ठूला क्याम्पसमा तालमेल सहमति भएको जानकारी दिए।

उनका अनुसार नेविसंघले १५ क्याम्पस, अनेरास्ववियु (क्रान्तिकारी) ले १० क्याम्पस र अनेरास्ववियूले ३ क्याम्पसमा स्ववियु सभापति हुनेगरी तालमेल भएको छ ।

नेविसंघले सभापतिमा त्रिचन्द्र, पद्दमकन्या, शंकरदेव,मीनभवन, पशुपति, पाटन, आई ओ एम महाराजगञ्ज, शिक्षण नर्सिङ, आयुर्वेद, जनप्रशासन, सरस्वती, ग्रामीण, कोटेश्वर, भक्तपुर बहुमुखी, केआईसी कालिमाटी र शिक्षा क्याम्पस थली पाउने छ।

अनेरास्ववियु (क्रान्तिकारी)ले थापाथली, सानोठीमी, पुल्चोक, नेपाल (ल), पब्लिकयुथ, विश्वभाषा, एनआर, नेशनल ईन्जिनियरिङ, हिमालयन ईन्जिनियरिङ पाउने छ।

अनेरास्ववियूले आरआर, ताहाचल र बानेश्वर स्ववियु सभापति पाउने गरी सहमति गरिएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS