images

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहने

काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।

सहायक निर्वाचन अधिकृत अमृता शर्मा पौडेलले यादवको उम्मेदवारी बदर नहुने निर्णय गरेको जानकारी दिइन् ।

राष्ट्रपतिमा पुरुष उम्मेदवार निर्वाचित भइसकेका कारण उपराष्ट्रपतिमा यादवको उम्मेदवारी संविधानविपरीत रहेको दाबीसहित उजुरी दर्ता गरिएको थियो ।

यादवको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीउपर छानबिन गर्दै निर्वाचन आयोगले उम्मेदवारी बदर गर्न नपर्ने जनाएको हो ।