images

सिन्धुली बस दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

काठमाडौं । सिन्धुलीको फिकल गाउँपालिका–४ कुइभिरडाँडामा ब्रेक फेल भएर बस दुर्घटना भएको खुलेको छ । आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । ओखलढुङ्गाबाट काठमाडौं आउँदै गरेको बा२ख ६५९६ नम्बरको बस तीव्र गती र ‘ब्रेक’ फेल हुँदा दुर्घटना भएको सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । घाइतेहरूको खुरर्कोट अस्पतालमा उपचार भइरहेको छ ।