images
images
images

ठेक्का सम्झौताअनुसार गुणस्तरीय काम गर्न प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्का सम्झौताअनुसार तोकिएकै समयमा, तोकिएको मापदण्ड र गुणस्तरमा काम हुनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने र लागत बढाउनेजस्ता समस्याहरू समाधानका लागि सबै जना जिम्मेवार बन्नुपर्ने बताए ।

प्रधानमन्त्रीले भने, ‘‘देशको समृद्धि र विकाससम्बन्धि निर्माण कार्यको प्रत्यक्ष नेतृत्व गर्ने निर्माण व्यवसायीहरूबारे आम जनताका गुनासोहरूप्रति हाम्रो ध्यान गएको छ। निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने र लागत बढाउनेजस्ता समस्याहरू यस क्षेत्रमा देखिएका छन्। तसर्थ, यस्ता विषयहरूमा निर्माण व्यवसायीहरू अत्यन्त जिम्मेवार भएर काम गर्न जरूरी छ।’’

साधारणसभामा प्रधानमन्त्रीले ‘‘ठेक्का लिनुपूर्व व्यवसायको सामर्थ्य, मानव संशाधनको स्थिति र समयमै काम गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयको समेत अध्ययन आवश्यक भएको’ पनि बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS