images
images
images

चैत्र १० गते सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन्।

शुक्रबार लगानी बोर्डको बैठकपछि कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीनरचार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए।

प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने बताए।

उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु। विश्वासको मत ६ गते लिने भनिएको नै छ। त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु।’

प्रधानमन्त्री दाहालले सरकार विस्तार हुन कुनै पनि अफ्ठ्यारो नरहेको बताए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS