images
images

स्ववियु निर्वाचन : त्रिविका १३ क्याम्पसमा निर्वाचन रोकियो, अन्य क्याम्पसमा मतदान जारी

काठमाडौं । आज देशभरका त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त अधिकांश क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन भइरहेको छ।

तर आन्तरिक विवादका कारण त्रिविका १३ वटा क्याम्पसमा भने आज स्ववियु निर्वाचन हुन नसकेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्रका ७ र बाहिरका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए ।

काठमाडौंमा २२ आंगिक क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।

काठमाडौं उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा पनि स्ववियु निर्वाचन हुन नसकेको अधिकारीले जानकारी दिए ।

यी बाहेक त्रिविका आंगिक र सम्बन्धन प्राप्त अन्य क्याम्पसमा बिहान ८ बजेदेखि नै मतदान भइरहेको छ । मतदान दिउँसो ४ बजेसम्म जारी रहनेछ ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं.२०६५ देखि नियमित हुन सकेको थिएन ।

अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गर्ने व्यवस्था छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS