images
images
images

प्रतिनिधिसभामा रिक्त स्थानमा वैशाख १० गते उपनिर्वाचन

काठमाडौं । निर्वाचन आयोगले रिक्त स्थानमा वैशाख १० गते नै उपनिर्वाचन गर्ने जनाएको छ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन भएसँगै रिक्त थप दुवै स्थानमा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने जनाएको छ।

यसअघि आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेकोमा थप दुई स्थानमा पनि सोही दिन उपनिर्वाचन गर्ने जनाएको हो।

नेपाली कांग्रेसका रामचन्द्र पौडेल गत २५ गते भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ क्षेत्र नम्बर १ जनप्रतिनिधिविहीन भएको छ। यस्तै शुक्रबार उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएसँगै उनको निर्वाचन क्षेत्र बारा २ पनि रिक्त छ।

आयोगले यी दुवै ठाउँमा र चितवन २ मा पनि चुनाव एकैदिन गराउने भएको हो ।

उपनिर्वाचनका लागि अब मतपत्र छपाइ र कर्मचारीबाहेक अन्य तयारी गर्नु नपर्ने भएकाले वैशाख १० गते चुनाव गराउन आयोग तयार भएको हो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS