images
images
images

आज पनि पानी पर्ने सम्भावना

काठमाडौं । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावका कारण आज पनि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहेको

आज बिहान बागमती, मधेस, कोशी प्रदेशका केही भू-भागमा मेघगर्जनसहित हल्का वर्षा भएको छ।

आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही ठाउँमा र तराईका भू-भागका केही ठाउमा हल्का वर्षा हुने सम्भावना छ।

मेघगर्जनसहित केही ठाउँमा मध्यम वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ। त्यसैगरि आज राति भने पहाडी र तराईका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ।

देका बिभिन्न स्थानमा केही दिनदेखि हावाहुरी र हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS