images
images
images

फागुनमा महिनामा मात्र ६१ हजार बढीले लिए श्रम स्वीकृति

काठमाडौं । गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन्।

फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार ८४५ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ।
फागुनमा सबैभन्दा बढी मलेसियाका लागि १९ हजार ८२४ ले श्रम स्वीकृति लिएका छन्। कतारका लागि ११ हजार ३०३, संयुक्त अरब इमिरेट्सका लागि ९ हजार ७९५, साउदी अरेबियाका लागि ९ हजार ५०३, कुवेतका लागि २ हजार ४६२, दक्षिण कोरियाका लागि २ हजार २२७ र रोमानियाका लागि १ हजार ७० जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

वैदेशिक रोजगारीका लािग श्रम स्वीकृति लिनेमा अदक्ष कामदारको सङ्ख्या उल्लेख्य रहेको छ।

फागुनमा १३ हजार ५८० अदक्ष कामदारले श्रम स्वीकृति लिएका छन्। ४२ हजार ७१८ दक्ष, ५ हजार ४४९ अर्धदक्ष, ६८ व्यावसायिक र ३० उच्च दक्ष श्रमिकले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS