images
images
images

गोरखामा प्रधानमन्त्री प्रचण्डले सडकको शिलान्यास गरे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा सडक शिलान्यास गरेका छन् ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक खण्डको २० किलोमिटर क्षेत्र स्तरोन्नतीका लागि शिलान्यास गरेका हुन् ।

२० किमी यो सडकखण्ड फराकिलो बनाएर कालोपत्र गर्ने योजना छ।

भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा यो सडक निर्माण गर्न लागिएको हो। सडक निर्माणमा ८० करोड रुपैयाँ बजेट छ।

वुड हिल–लामा जेभी महाराजगन्जले ३० महिनामा सक्ने गरी यो सडक निर्माणको ठेक्का लिएको छ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा भौतिक पूर्वाधार, यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थित थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS