images
images
images

११ दलीय सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । ११ दलीय सत्ता गठबन्धनको बैठक बुधबार बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुँदैछ।

सत्ता साझेदार ठूलो दल कांग्रेसले ९ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल सप्रचण्ड’ले कांग्रेसले ७ देखि ८, माओवादीले ४ देखि ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ देखि ४, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले २, नागरिक उन्मुक्ति, जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले १ र स्वतन्त्र रूपमा जितेका सांसद प्रभु साह र अमरेशकुमार सिंहमध्ये एक जनाले मन्त्री पाउने प्रारम्भिक खाका अघि सारेका छन्।

प्रधानमन्त्रीको प्रस्तावलाई कांग्रेस र रास्वापाले स्वागत गरेका छन् भने अन्य दलहरूले चित्त बुझाएका छैनन्।

११ दलमध्ये सरकारमा कति दल सहभागी हुने भन्ने समेत टुंगो लागिसकेको छैन। प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिइसकेपछि सरकारलाई पूर्णता दिने तयारी गरेका हुन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS