images
images

वान एक्स बेटका ६ जना मास्टर म्यानेजर पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन बेटिङ साइट वान एक्स बेटका ६ जना मास्टर म्यानेजरलाई पक्राउ गरेको छ ।

गैरकानुनी बेटिङ खेलाउने गिरोहका सदस्यलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दिलीप सिंह कठायत, भूपालराज न्यौपाने, नयनराज भण्डारी, वरुण कुमार सिंह, बासुदेव पाण्डे र शिवानी तामाङ रहेका छन् । नेपालमा प्रतिबन्ध रहेको बेटिङमा लगानी गरिएको ६४ करोड रकम यो समूहले साइप्रस पुर्‍याएको समेत खुलासा भएको छ ।

उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।