images
images
images

प्रदेश नामकरणविरुद्धको आन्दोलनमा घाइते लिम्बूको मृत्यु

काठमाडौं । कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा घाइते भएका युवा पदम लिम्बू लागेहाङको मृत्यु भएको छ।

चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा अश्रुग्यासको गोलीबाट घाइते लिम्बूको उपचारका क्रममा गएराति मृत्यु भएको लिम्बुवानका नेता खगेन्द्र माखिमले जानकारी दिए।

माखिमका अनुसार गोलीले टाउकोमा लागेर घाइते भएका लिम्बूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो।

लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए।

फागुन १७ गते प्रदेश–१ को नाम कोशी राखिएपछि पहिचानवादी समूहले नाम खारेजीको माग गर्दै आन्दोलन गरिरहेका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS