images
images
images

मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ आईजीपी नियुक्त हुँदै

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दै छ । दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ ।

बिहीबार बस्ने नियमित बैठकमा आईजीपी नियुक्ति गर्ने भनिएपनि शुक्रबारका लागि सारिएको थियो।

हालका महानिरीक्षक धीरज प्रताप सिंह आजैदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनले ३० वर्ष सेवा अवधि पूरा गरेका छन्।

आईजीपीका लागि ५ जना अतिरिक्त महानिरीक्षक (एआइजी)हरू प्रतिस्पर्धी छन्। बसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धी हुन्।

किरण बज्राचार्य आईजीपीको प्रतिस्पर्धामा हुने पहिलो महिला प्रहरी अधिकृत हुन्। यसअघिसम्म नेपाल प्रहरीले आईजीपीको प्रतिस्पर्धामा महिलासमेत पाएको थिएन।

पाँचजना एआइजीहरूमध्ये एकजना नेपाल प्रहरीको ३० औँ आईजीपीका लागि बढुवा हुनेछन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS