images
images
images

गण्डकीमा माओवादी केन्द्रले लियो सरकारलाई दिएको सर्मथन फिर्ता

काठमाडौं । गण्डकीमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।

शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको हो।

नेकपा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा माओवादीबाट भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जाली छन्।

माओवादीले समर्थन फिर्ता लिएपछि गण्डकीमा मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ। यदि उनले विश्वासको मत नपाएमा पदमुक्त हुनेछन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS