images
images
images

एक साताभित्र नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिएको छ।

शनिबार सूचना जारी गर्दै महानगरले नदी किनार, नदी उकास, नदी बहाव क्षेत्र तथा नदी कोरिडोरको सार्वजनिक जग्गा कब्जा गरी बनाइएका संरचना हटाउन भनेको हो।

अटेर गरेर नभत्काए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्य प्रचलित कानूनबमोजिम हटाइने सूचनामा उल्लेख छ।

यसरी हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षसँगै असुल उपर गर्ने महानगरको चेतावनी छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS