images
images
images

मेयर बालेन साहविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन विरुद्ध प्रदर्शन गरिएको छ ।

संविधान र कानून विपरित सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर बालेनविरुद्ध सोमबार बिहान काठमाडौंको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म र्‍याली सहितको विरोध प्रदर्शन गरिएको हो ।

सुकुमबासीहरुलाई उठिबास लगाउने काममा मेयर बालेन लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले जनाएको छ ।

संविधान र कानून विपरित भूमिहीनहरुलाई जग्गाधनी पूर्जा दिनुको साट्टो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर बालेनले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ ।

विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न र उनीहरुमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी समेत गरिएको थियो ।

चैत ११मा काठमाडौं महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा अवैध रुपमा घरटहरा बनाएर सरकारी जग्गा रजाइँ गरिरहेकाहरूलाई सात दिनभित्र अनधिकृत संरचना हटाउन निर्देशन दिएपछि सुकुमबासीले पुनः मेयर बालेन साहविरुद्ध प्रदर्शन थालेका हुन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS