images
images

ललितपुर मेयर कप क्रिकेट : मधेस प्रदेशद्वारा ललितपुर मेयर्स–११ पराजित

काठमाडौं । ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले ललितपुर मेयर्स–११ लाई १ विकेटले हराएको छ ।

ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेसले ९ विकेट गुमाएर १९ ओभर २ बलमा भेटायो । मधेसका लागि सरस्वती कुमारीले नटआउट ३२ रन बनाइन् । बलिङतर्फ ललितपुरकी सोनी पाख्रिन र कृतिका मरासिनीले २र२ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनायो । ललितपुरका लागि सोनी पाख्रिनले सर्वाधिक ३४ रन बनाइन् । बलिङतर्फ मधेसकी सरस्वती कुमारीले २ विकेट लिइन् ।

यो जितसँगै मधेस ४ अङ्क जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । आयोजक ललितपुर जितविहीन रहँदै तालिकाको पुछारमा छ ।