ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गर्ने तीन जना धरौटीमा रिहा

प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गर्ने तीन जना धरौटीमा रिहा

स्पेस संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका ३ जना रिहा भएका छन् ।

अभद्र व्यवहार मुद्दामा केन्द्रीय कारागार पठाइएका सोलुखुम्बुका उद्धव बस्नेत, बागलुङका सोम शर्मा र बझाङका विप्लव खड्का मंगलबार धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले गत आइतबार उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए । धरौटी नबुझाएका कारण उनिहरुलाई कारागार चलान गरिएको थियो ।

चैत ७ गते काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।