काठमाडौं । विज्ञहरुले शान्ति प्रक्रियाका बाँकि कामहरुलाई छिटो टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार नेपाली काँग्रेस संसदीय दलले पार्टीका सांसदहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले सशष्त्र द्वन्द्व पीडितले न्याय तथा परिपूरण पाउने र समाजमा मेलमिलाप हुनेगरी शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगोमा पु¥याउन सरकार र संसदलाई सुझाव दिएका हुन ।
संक्रमणकालीन न्यायसम्बन्धि विधेयकका बारेमा गरिएको अन्तरक्रियामा विज्ञहरुले यसलाई चाँडो भन्दाचाँडो निष्कर्षमा पुर्याउन सुझाएका छन् ।
सरकारले संक्रमणकालीन न्यायसम्बन्धि “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” प्रतिनिधिसभा पेश गरेको छ । सोही विधेयकको बारेमा विज्ञहरुले सांसदहरुलाई ब्रिफिङ गर्नु भएको र सांसदहरुले पनि सो सम्बन्धि जिज्ञासा राखेको थिए ।
अन्तरक्रियामा ५ जना विज्ञहरुले सो संक्रमणकालीन न्याय सम्बन्धि विधेयकको आवश्यक्ता र औचित्यका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।