images
images

एसईईको सबै तयारी पूरा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको बताएको छ।

बोर्डले आउँदो शुक्रबार १७ चैतदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रमा पठाइसकिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारि दिए।
बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थी एसईईमा सहभागी हुनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीले जापानबाटै परीक्षा दिन लागेका हुन्।

यस वर्षको परीक्षामा ५ लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुनेछन् । अनुसार यस वर्ष २ लाख ६० हजार ६७४ छात्र र २ लाख ५५ हजार ९१७ छात्राले एसईई परीक्षा दिँदैछन्।

एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा बढी बागमती प्रदेशमा १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ।

सबैभन्दा कम कर्णालीमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS