images
images

बढ्यो सुनचाँदी भाउ, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख ८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ७ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो। यता, शुक्रबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ।

बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS