images
images

कालो कपडाले कपाल नढाकेको आरोपमा इरानमा दुई महिला गिरफ्तार

एजेन्सी । इरानमा कालो कपडाले कपाल नढाकेको आरोपमा दुई महिला गिरफ्तार भएका छन् ।

गिरफ्तार गरिएका महिलामाथि दहीले पनि आक्रमण गरिएको बीबीसी हिन्दीले जनाएको छ । दही महिलाहरूको अनुहारमा लागेको थियो ।

इरानको न्यायपालिकाले विज्ञप्ति जारी गर्दै ती महिलाहरूले सार्वजनिकस्थलमा कपाल देखाउँदै हिँडेको र सो कार्य अवैधानिक भएको जनाएको छ ।

इरानमा हिजाबबिना सार्वजनिक स्थलमा निस्कन प्रतिबन्ध लगाइएको छ ।