images
images

भन्सार विभागका तत्कालीन सुब्बाविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभाग काठमाडौंका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध अकुत आर्जनमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आइतबार विशेष अदालत काठमाडौँमा घिमिरेले २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँमा अकुत आर्जन गरेको दाबी गर्दै मुद्दा दायर गरेको हो।

२०५२ कात्तिक २८ देखि सार्वजनिक सेवमा प्रवेश गरेका घिमिरेको गत पुस १२ गतेसम्मको आय आर्जन अनुसन्धान हुँदा उनको अवैध आम्दानी भेटिएको हो।

उनले आर्जन गरेको अवैध रकम श्रिमति शारदा गौतम र छोरीको पारिश्रमिक आय भएको दाबी गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

जाँच अवधिमा घिमिरेको वैध आम्दानी ५ करोड २५ लाख १६ हजार ३२७ रुपैयाँ देखिए पनि उनले ७ करोड ३९ लाख ६२ हजार ९८४ कमाएको अनुसन्धानको क्रममा खुलेको आयोगले जनाएको छ।

वैध स्रोतको तुलनामा उनको आम्दानी २ करोड १४ लाख ४६ हजार ६५७ बढी देखिएको आयोगले जनाएको छ। आयोगले श्रीमती गौतमलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेको छ। 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS